देश

दुर्घटनामा परि डाेटिमा ५ जना घाइते

नवलपुर टुडे
२०७७ चैत्र २७ | मध्यान्ह ०२:१२ बजे

चैत२७, डाेटि।
डोटीमा बस दुर्घटनामा परेको छ । धनगढीबाट अछाम जादै गरेको खप्तड मालीका यातायातको ना ७ ख २५७५ नम्बरको बस सिखर नगरपालिका वडा नम्बर ६ को अण्यौल भनिने ठाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ५ जना घाईते भएका छन ।

बसमा ३४ जना यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर मल्लले नवलपुर टुडे लाई जानकारी दिए । ठाउँ समथर भएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु