देश

पत्रकार महासंघ खाेटाङ शाखाकाे अध्यक्षमा खत्रि निर्विराेध बिजयी

नवलपुर टुडे
२०७७ चैत्र २६ | मध्यान्ह ०६:१२ बजे

चैत २६,खोटाङ।
नेपाल पत्रकार महासंघ खोटाङ शाखा काे अध्यक्षमा दिलीप खत्री निर्विरोध विजयी भएका छन् । बुधबार भएको महासंघको २६ औं महाधिबेशनवाट खत्री विजयी भएका हुन्।

photo 2021 04 08 18 19 05

खत्रीको अध्यक्षतामा १२ सदस्यीय नयाँ समिति बनेको छ । समितिको उपाध्यक्षमा टिवन राई, महिला उपाध्यक्षमा कृष्णकला राई, सचिवमा लोकमणि रिजाल विजयी भएकाे नव निर्वाचित सह-सचिव उमेश भुजेल ले नवलपुर टुडे लाई बताए।

खुल्ला सह–सचिवमा चिसाङ शेर्पा, समावेशी सह–सचिवमा उमेश (पदम) भुजेल, कोषाध्यक्षमा भूमिका न्यौपाने विजयी भएका छन् । यस्तै सदस्यहरु मा, खेमराज अधिकारी, दिवस रिजाल, दिनराज कार्की, सूर्य तामाङ छन्।

कमेन्टहरु