देश

कर्णाली प्रदेशका नेकपा एमालेका मन्त्रीहरु राजीनामा बुझाएर हिँडेरै फर्किए

नवलपुर टुडे
२०७७ चैत्र २४ | मध्यान्ह ०८:१२ बजे

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।

राजीनामा दिएल गत्तै नेकपा एमालेको संसदीय दलको बैठकमा तीनै जना मन्त्री सहभागी भएका थिए । राजीनामा दिएपछि उनीहरु गाडी छोडेर हिडेर संसदीय दलको बैठकमा सहभागि भएका थिए । राजीनामा बुझाएपछि उनीहरूले मन्त्रीका हैसियतले पाएको सेवा सुविधा पनि त्यागेका छन् । एमालेका तीन जना मन्त्रीहरुले राजीनामा दिएसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ ।

कर्णाली प्रदेश सभामा ४० जना सांसद मध्ये माओवादी केन्द्रले सांसद धर्मराज रेग्मीलाई कारबाही गरेको पत्र संसद्मा बुझाए पछि हाल प्रदेश सभामा ३९ जना सांसद छन् । यी मध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।

कमेन्टहरु