देश

कलाकार दीपाश्री निरौलालगायतको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

नवलपुर टुडे
२०७७ चैत्र २४ | मध्यान्ह ०५:१२ बजे

काठमाडौ । साइबर ब्युरोले कलाकार दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जना बालकलाई पक्राउ गरेको छ ।

पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरेको हो।

निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा खटिएको प्रहरीको विशेषज्ञ टोलीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमति पर्साबाट पक्राउ गरेको हो ।

कमेन्टहरु