नवलपुर टुडे - सबैभन्दा भरपर्दो
nepali khaja ghar02

प्रचण्डलाई छोडेर प्रधानमन्त्री ओली पक्षमा लागेका बादलसहित ५ मन्त्रीको सांसद पद च्वाट

nawalpur today official banner

काठमाडौँ । नेकपा माओवादी केन्द्रले माओवादी छोडेर नेकपा एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीको सांसद पद च्वाट पारेको छ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित उनको सांसद पद खोस्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमै रहने निर्णय लिएका रामबहादुर थापा बादल सहित मन्त्रीहरूको सांसद पद खोस्ने निर्णय पार्टीले गरेको राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ शर्माले बताए ।

‘पार्टीले उहाँहरूलाई फर्किन गरेको आह्वानलाई बेवास्ता गर्दै एमालेमा रहने निर्णय लिएका उनिहरूको सांसद पद खोस्ने निर्णय भएको छ,’ उनले भने । माओवादी केन्द्रले गृहमन्त्री थापासँगै उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको सांसद पद खोसिएको संसद् सचिवालयलाई पत्राचार समेत गरेको छ ।

कारबाहीमा परेका गृहमन्त्री थापा राष्ट्रियसभाका सांसद हुन् भने भट्ट, रामयमाझी साह र चौधरी प्रतिनिधिसभाका सदस्य हुन् ।

fin@l

प्रत्रिकृया दिनुहोस ।

website on laravel
Bhavegorkha

कोरोना बिशेष

देश / प्रदेश

Translate »