विश्व

बंगलादेशमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

नवलपुर टुडे
२०७९ चैत्र ५ | मध्यान्ह १२:१२ बजे

ढाका, चैत ५ । बंगलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । 

हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रीबाहक एउटा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् । द्रुत गतिकमा हुँइकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ । 

थोत्रा सवारी साधन, नियमित मर्मतसम्भार नभएका सडक एवम् सवारी साधनका कारण बंगलादेशमा सडक दुर्घटना भइरहन्छन् । गत सडक दुर्घटनामा परी नौ हजार ९५१ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

कमेन्टहरु