एमालेमा प्रवेश गरेका चार सांसदलाई माओबादीले गर्यो कार्बाही


काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परिवर्तन गर्ने चार प्रदेश सांसदलाई कारबाही गरेको छ । पार्टी परिवर्तन गरेका प्रदेश १, लुम्बिनी र कार्णाली प्रदेश सभाका चार सांसदलाई कारबाही प्रक्रिया अघि बढाएको हो ।
एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बोहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेश सभा सदस्यबाट हटाउन लागेको हो ।
माओवादीका प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्ती भएका टंक आङ्बोलाई कारबाही तथा पत्र सोमबार बैठक अगावै पत्र दर्ता गरिने उनले जानकारी दिए ।
माओवादीले पार्टी परिवर्तन गरेका लुम्बिनीका दुई प्रदेश सभा सदस्यलाई पदमुक्त गराउन प्रदेश सभा सचिवालयमा सिफारिस गरेको हो । एमाले प्रवेश गरेका रुपन्देहीका न्यौपाने र गुल्मीका पन्थीलाई हटाउन माओवादी केन्द्रको संसदीय दलले सिफारिस गरेको हो ।























