देश

चितवन र तनहुँ जोड्ने त्रिशुली नदिमा बनेको ठिमुरा – देवघाट पुल भत्कियो

नवलपुर टुडे
२०७७ चैत्र २४ | मध्यान्ह १२:१२ बजे

चितवन । चितवनको ठिमुरा–देवघाट जोड्ने निर्माणाधीन पुल भत्किएको छ । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदी माथि बनिरहेको पुल भत्किएको हो ।

ठेकेदारको लापरर्बाहीका कारण पुल भत्किएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले बताएका छन् । भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको अवस्थामा आज बिहान पुल भत्किएको उनले बताए । आउँदो असारमा निर्माण सम्पन्न गर्ने तयारीमा रहेको पुल आज भत्किएको हो ।

सडक डिभिजन कार्यालयका प्रमुख कृष्ण अधिकारीले पुलको ८० मिटर भाग भत्किएको बताए । उनका अनुसार पुल के कारणले भत्कियो भन्ने विषयमा अध्ययन गर्न आज नै छलफल हुँदैछ । प्राविधिक समितिले भत्किनुको कारण पत्ता लगाउने छ ।

कमेन्टहरु