देश

बर्दियाबाट ल्याइएको नरभक्षी बाघलाई जावलाखेल चिडियाखानामा

नवलपुर टुडे
२०७७ चैत्र २४ | मध्यान्ह १२:१२ बजे

काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको बाघ ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । मंगलबार बिहान काठमाडौँ ल्याइएको नरभक्षी बाघलाई चिडियाखानामा राखिएको हो । नरभक्षी बाघलाई आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो ।

नरभक्षी बाघको आक्रमणमा परी आइतबार हात्ती चराउँदै गरेका माहुतेको मृत्यु भएको थियो । घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको हो ।

कमेन्टहरु