‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले जित्यो ओस्कार अवार्ड

नवलपुर टुडे
२०७९ फाल्गुन २९ | बिहान ११:११ बजे

काठमाडौं, फागुन २९ । तेलुगू फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ले ओस्कार अवार्ड जितेको छ । ओस्कारको ९५ औं संस्करणअन्तर्गत गीतले मौलिक विधामा अवार्ड हात पारेको हो ।
यो तेलुगु गीत एमएम किरावानीले कम्पोज गरेका हुन् भने यसको शब्द चन्द्रबोसले लेखेका हुन् । गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन् । यसको सबभन्दा धेरै रूचाइएको पाटो नृत्य हो । रामचरण र एनटिआरले जोडी बाँधेर गरेका हुकस्टेपको झलकले नै संसारभरका धेरैलाई नचाएको थियो ।
गीत ‘नाटु नाटु’ मा रामचरण र जुनियर एनटीआरले नृत्य गरेका छन् । निर्देशक एसएस राजामौलीको ‘ट्रिटमेन्ट’ले यो गीतले नयाँ उडान भरेको थियो । एजेन्सी























