देश

सिरहाको लहानमा दुई दिने महुली बिकासको बितिय साक्षरता कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०७७ चैत्र २२ | बिहान ०८:१२ बजे

महेश सिंह
सिरहा । महुली बिकास लहान शाखाले आयोजना गरेको दुई दिने बितिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ् । महिलाहरुलाई बितिय सम्बन्धि जानकारी र कार्यभार सम्बन्धि जानकारी गराउन र एक आपसमा परिचित गराउन उक्त समिक्षा कार्यक्रमको आयोजना गरेको महुली लघुबित बितिय संस्था लहान सखाको प्रबन्धक सन्तोष कुमार यादवले जानकारी दिनु भयो ।

२०५१ सालमा जिल्ला प्रसासण कार्यालय सप्तरीबाट महुली युवा कलबको नाउँमा दर्ता भएको थियो । उक्त संस्थाले २०५७ साल देखि ऋण कारोबार गर्न थालेका हुन् । २०६९ सालमा महुली बितिय संस्थाको दर्ता भई हाल २३ वटा जिल्लामा आफनो शाखा बिस्तार गर्न सफल भएको महुली लघुबित बितिय संस्थाको केन्द्रिय कार्यालयको तालिम बिभागको प्रमुख रुसियन चौधरीले जानकारी दिनुभयो ।

photo 2021 04 04 08 54 07

बार्शिक रूपमा महुली लघुबित बितिय संस्था लिमिटेडले केन्द्र प्रमुख उपप्रमुखहरुको बार्सेनिक रूपमा समिक्षा तथा बितिय साक्षरता कार्यक्रम गर्ने गरेको लहान शाखाको प्रबन्धक यादवले बताए । महिला जागरण उतथान र बैंक संग महिलाहरुलाई पहुँच होस भने उदेश्य स्वालम्बी र स- सानो कर्जा प्रवाह गर्ने गरेको र महिलाहरुलाई स्वरोजगार बनाउने र ब्यवसाय तिर उन्मुख गराउने गरेको तालीम सहज कर्ता डम्बर नारायण यादवले जानकारी दिनु भयो ।

संस्था भित्र रहेको कमि कमजोरी नयाँ निति र सेवा सुबिधा सम्बन्धि जानकारी गराउन उक्त कार्यक्रमको आयोजना गर्ने गरेको हो । लहान शाखाको कार्य क्षेत्र भित्र रहेको नगरपालिका, गाउँपालीका मध्ये लहान,धनगढी, सुखीपुर, लक्ष्मीपुर पतारी र सखुवानान्कारकटी गाउँपालीका भित्रका समुहका प्रमुख र उपप्रमुख गरी १९७ जना महिलाहरुको सहभागितामा कार्यक्रम गरेको हो । उत्कृष्ट केन्द्रहरुलाई प्रथम सपना महिला बिकास केन्द्र र दोस्रो पुजा महिला बिकास केन्द्र लहान १९ र तेस्रो पुस्कार बलान मता महिला बिकास र चौथो पुस्कार सिता महिला पुस्कार केन्द्र लाई प्रदान गरेको आयोजकले जानकारी दिनु भयो ।

कमेन्टहरु