नवलपुर टुडे - सबैभन्दा भरपर्दो
nepali khaja ghar02

नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको चौथो राष्ट्रिय अधिबेशनको सपथ ग्रहण सम्पन्न

nawalpur today official banner

महेश सिंह

सिरहा । नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको चौथो राष्ट्रिय अधिबेशनको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेपाल कुशवाहा समाजको प्रमुख निर्वाचनको कार्यालय लहानले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा निर्वाचन संयोजकको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा नेपाल कुशवाहा कल्याण समाजको केन्द्रिय अध्यक्ष तपेश्वर महतो रहनु भएको थियो ।

IMG 20210404 065106 621

प्रमुख अतिथि महतोको अनुसार अगामि चुनावमा कुशवाहा समुदायको शसक्त रूपमा अगाडि बढनु पर्छ भन्दै कुशवाहा परिवारको शसक्त रूपमा अगाडि बढाउन सदैब तत्पर रहेको बताउनु भयो। बिशिस्ट अतिथि पुर्व मंन्त्री लक्षमण मेहताले देशको राजनीति परिस्थिति ठिक नभए ता पनि कुशवाहा विद्यार्थीले नयाँ कार्यसमिति छनोट गरी नयाँ शक्तिको रूपमा अगाडि बढी रहेको भन्दै नयाँ कार्यसमितिहरुलाई शुभकामना दिनु भयो ।

IMG 20210404 065111 695

अर्को बिशिस्ट अतिथि पसुपति आदर्श उच्च माध्यमिक बिधालयको प्रधान अध्यापक बिश्वनाथ महतोले भने यस्तो चुनौतीको घडीमा र एउटा नेतृत्वको भावना र सफल कार्यकालको कामना संगै माग निर्देशनको काम गर्दै अगाडि बढाउनु पर्ने हो भन्दै युवा शक्ति नै बिश्वको परिवर्तन ल्याउने शक्ति मध्ये मुल शक्ति नै युवा हो उनले बताएका थिए ।

अतिथि नेपाल कुशवाहा कल्याण समाजका जिल्ला अध्यक्ष धनपती महतोका अनुसार कुनै लोभ र लालचमा नपरेर कुशवाहा विद्यार्थीको हकअधिकारको लागी काम गर्न नवकार्य समिति संग आग्रह गर्दै शुभकामना दिएका थिए । त्यसै गरी कुशवहाँ समाजका सप्तरी जिल्ला अध्यक्ष हंस नारायण मेहताका अनुसार बिकास र संगठनात्मक बिकास भएको छ र राजनीति रूपमा हाम्रो समाज पछाडि रहेको र हाम्रो कुशवाहा समाज देशमा परिवर्तन ल्याउन बलीदानीमा अगाडि रहेको र हकअधिकारमा पछाडि देखिएको बताउनु भयो ।

अतिथिहरुमा कुशवाहको पुर्व जिल्ला अध्यक्ष राम नारायण मेहता, निबर्तमान उपाध्यक्ष दिनेश महतो लहान नगर अध्यक्ष रामु महतो बुद्धि जिवि समाजका फुलेश्वर महतो,राष्ट्रिय ब्यापारी समानित राम उदगार महतो, बिन्देश्वर महतो, हरिनारायण महतो, केन्द्रिय सचिब मनोज सिंह राम आशिष महतो ,संजय कुमार महतो,संजिप सिंह गंगा राम महतो, जितेन्द्र महतो, मागैन महतो, पबिना महतो रंजना सिंह ,गुलाब सिंह, दिपेन्द्र कुमार महतो,रिता सिंह ,राम उदगार महतो , सुर्यनाथ महतो ,ओम प्रकाश् महतो,महेश महतो शिक्षक जितेन्द्र महतो ,महेश महतो ,दुर्गा प्रसाद महतो ,रोशन कुशवहाँ दिपेन्द्र महतो, प्रदिप महतो नेपाल पोस्ट दैनिकका प्रधान समपादक महेश सिंह एम स्टार टेलिभिजनको संचालक पत्रकार बिटु सिंह, जितेन्द्र सिंह, नबिन महतो पुजा संग लगायत सयौं कुशवहाँ विद्यार्थीहरुको सभगिता रहेको थियो भने कार्यक्रम संचालन बिएन सिंहले गरेका थिए ।

कुशवहाँ बिद्यार्थीका नयाँ केन्द्रिय अध्यक्ष मुकेश महतो उपाध्यक्ष पंकज मेहता लगायत सम्पुर्ण नबकार्य समितिहरुलाई सपथ ग्रहण गराएका थिए ।

fin@l

प्रत्रिकृया दिनुहोस ।

website on laravel
Bhavegorkha

कोरोना बिशेष

देश / प्रदेश

Translate »