पुर्बी नवलपरासीमा हात्तीले आक्रमण गर्दा गैंडा गणक घाईते, हेलीकोप्टरबाट थप उपचारको लागि काठमाडौ


कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिरहेका तीनजना जंगली हात्तीको आक्रमणमा परि घाईते भएका छन । पूर्वि नवलपरासीको मध्यविन्दु नगरपालिका -२ गैँडाखाल नजिकै चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिरहेका कर्मचारीहरु जंगली हात्तीको आक्रमणमा परि घाईते भएका हुन । गैंडा गणनामा खटिएका कर्मचारी र माउते घाईते भएको गणनामा संलग्न हेमराज आचार्यले बताए ।
गैंडा गणना गर्नेक्रममा जंगली हात्तीले गणनामा खटिएको हात्तीलाई घेरा हाल्दा गणनामा खटिएको हात्ती डराएर भाग्ने क्रममा राष्ट्रिय प्रकृती संरक्षण कोषका कर्मचारी, ३५ वर्षका विनोद श्रेष्ठ र दुई जना माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका -७ का ४२ वर्षका दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका -७ निवासी ५१ वर्षका देवलाल चौधरी घाईते भएको नवलपुर टुडेलाई बताउनु भयो ।
हात्तीको आक्रमणमा परि गम्भिर घाईते भएका विनोद श्रेष्ठलाई नेपाली सेनाको हेलीकोप्टर मार्पत थप उपचारको लागि काठमाण्डौ पठाइएको छ । अन्य २ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।























