देश

मदनकृष्ण श्रेष्ठको “फूल बुट्टे सारी” भर्जनमा ५० लाख भ्यूज (भिडियो सहित)

नवलपुर टुडे
२०७७ चैत्र २० | मध्यान्ह ०७:१२ बजे

काठमाडौँ । “फूल बुट्टे सारी” बोलको गीत पछिल्लो समय निकै चलेको गीत हो । यस गीतका थुप्रै कभर भर्जन समेत निकालिएका छन् । सबै जसो कभर भर्जन पनि निकै प्रख्यात भएको यस गीतलाई दिग्गज हास्य कलाकार मदनकृष्ण श्रेष्ठले पनि गाएका थिए ।

मदनकृष्णको स्वरमा रहेको कभर भर्जनलाई पनि दर्शकले निकै मन पराएका छन् । गीतको यस लिजेन्डरी भर्जनलाई युट्युबमा पचास लाख पटक हेरिएको छ । फेब्रुअरी १६ मा युट्युबमा प्रिमियर भएको यस भिडियोलाई दर्शकले दिएको माया देखेर स्वयम् मदनकृष्ण पनि दङ्ग परेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत एक पोष्ट गर्दै ५० लाख पटक भिडियो हेरिदिएकोमा सबैलाई ५० करोड पटक धन्यबाद दिएका छन् ।

उनले आफ्नो भिडियोमा आफूसँगै अभिनय गरेकी मिथिला शर्मासँगको फोटो पोष्ट गर्दै लेखेका छन्,”ओहो !!!!!
मैले गाएको भर्शनको गीत “फूल बुट्टे सारी” को भ्युज पनि 50 लाख पुगिसकेछ आम्मामामा … …सबैको जय होस … …
मेरो धोत्रो स्वरलाई पनि माया गरेर ५० लाख भन्दा बढी दर्शक श्रोताहरुले सुनी हेरीदिनुभएकोमा सबैलाई 50 करोड पटक धन्यबाद छ।”
भिडियो हेर्नुहोस ।

कमेन्टहरु