देश

आज ९ बजे पेरिस डाँडामा माओवादी केन्द्रकाे बैठक बस्दै

नवलपुर टुडे
२०७७ चैत्र १९ | बिहान ०९:१२ बजे

चैत १९,काठमाडौं।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

बिहीबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको एक नेताले नवलपुर टुडे लाई जानकारी दिए ।

समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको नवलपुर टुडे लाई बताए ।
फागुन २३ मा सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो।

बुधबार संसदमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले चैत २३ भित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने तर्क गरेका थिए।

कमेन्टहरु