देश

सिके राउत फेरि पक्राउ परे

नवलपुर टुडे
२०७७ चैत्र १६ | बिहान ११:१२ बजे

चैत १६,काठमाडौँ ।
रंगभेद बिरुद्द आवाज उठागर्दै आएका सिके राउत लाई नवलपरासी जिल्ला अदालतले सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको छ।सिके राउत भन्ने डा चन्द्रकान्त राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन आज सूचना जारी भएको छ।

photo 2021 03 29 11 10 12

रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ।

बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउनसमेत सूचनामा उल्लेख छ। हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ।

राउत जनमत पार्टीका प्रमुख छन्। सिके राउत २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मुलधारको राजनीतिमा आएको थियो।

कमेन्टहरु