देश

होलीको उपलक्षयमा गाउँका १५० युवा लाई नेता साहले दिए, सेतो टिसर्ट उपहार

जगत ठाडा मगर
२०७७ चैत्र १६ | बिहान १०:१२ बजे

महेश सिंह
सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर – ६ भोक्राहाको डिहबार टोलमा होलि मिलन कार्यक्रमको आयोजना गरिएको छ । जनता समाजबादी पार्टी नेपाल वडा नम्बर – ६ को वडा समितिको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । स्थानीय समाजसेबी तथा युवा प्रभाव शाली नेता कुशेश्वर साहले ब्यक्तिगत लगानीमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

photo 2021 03 29 10 02 26

साहको नेतृत्व र अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे । नेता साहका अनुसार आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सु:ख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्ने उदेश्यले उक्त होलि मिलन कार्यक्रमको आयोजना गरिएको कल्याणपुर नगरपालिका वडा नम्बर- ६ का जसपा वडा कमिटी अध्यक्ष एवं समाजसेवी कुशेश्वर साहले जानकारी दिनुभएको छ ।

photo 2021 03 29 10 02 32

मिलन कार्यक्रमले आपसी सद्भाव, मेलमिलाप कायम गर्न होलि मिलन कार्यक्रमले समाजमा राजनीतिक, समाजिक, धार्मिक द्वन्द बिर्सेर आपसी सद्बभव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । साहको व्यक्तिगत खर्चमा होलि मिलन कार्यक्रमको आयोजना गरिएको थियो भने सो कार्यक्रममा १ सय ५० वटा होलि अङ्कित सेतो टिसर्ट समेत युवाहरुलाई नि:शुल्क वितरण गरिएको थियो । बढदो आधुनिकिकरणका कारण समाजमा लोप हुदै गरेको होलिमा गाउने गित जोगिरालाई समेत प्राथमिकतामा राखेर होलि मिलन कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिनुभयो ।

होलि मिलन कार्यक्रममा स्थानीय बुद्धिजीवी , समाजसेबी , विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत वडा नम्बर – ५ का वडा अध्यक्ष दिपेन्द्र बरबरिया यादव , नेकाका वडा सभापति ब्रहमदेव सिंह ,वडा नम्बर -७ का तत्कालीन संघीय समाजबादी पार्टीका प्रत्यासी वडा अध्यक्ष दिपेन्द्र यादव , वडा नम्बर- १० का सुरेश साह लगायत हजारौं जनाले फागु पर्वकाे शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वकर्मा,नेपाल पोष्ट दैनिकका महेश सिंह रेडियो गंगा जलका सरोज पासमान लगायत हजारौं ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु