प्रबास सभा मलेसियाद्वारा केएलमा मंगोलवाद प्रशिक्षण


राज दर्लामी मगर
मलेसिया । प्रबासमा रहेर पनि अस्तित्व हकअधिकारको निम्ति संगठन निर्माणमा अग्रसर रहेका मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ प्रबास सभा मलेसियाले 28 March 2021 मलेसियाको राजधानी केएलमा प्रशिक्षण तथा नयाँ साधरण सदस्यलाई सदस्यता प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

प्रवास सभा मलेसियाले कोभिड -१९ भाईरसको कारणले लकडाउनले अस्तब्यस्त भएपनि मलेसिया सभाले ऎतिहासिक कार्यक्रम गरेको छ । समय र परिस्थितिको साथ मलेसियाको कानुनलाई पालना गर्दै, नयाँ सदस्य भेटघाट तथा प्रशिक्षण कार्यक्रम भएको हो । प्रशिक्षण कार्यक्रम पश्चात कोषबहादुर पुलामी मगर, सुर्यबहादुर पाख्रीन, योगेन्द्र याक्खा र रिखी धन राईलाई साधरण सदस्य प्रदान गरिएको थियो ।

प्रवास सभा मलेसियामा लामो समय देखि संगठनमा रहि सिङ्गो प्रवास सभा मलेसियालाई सम्माल्दै आइ रहनु भएका समाजसेबी, व्यावसायिक अध्यक्ष जि.बि गुरुङले प्रशिक्षण दिनुभएको थियोे । साथै नव सदस्यलाई साधारण सदस्यता सम्मेत बितरण गर्नु भएको छ ।

प्रवास सभा मलेसियाका प्रचारप्रसार सचिब शिव थापा मगर र कोषाध्यक्षले आदिवासी जनजाति मुलबासी मंगोल बिषयमा मन्तव्यको क्रममा प्रष्ट्याउनु भएको थियो । कार्यक्रममा संघिय सभा काठमाडौले मकवानपुरको हेटौडामा भएको कार्य निर्देशिकालाई आत्मासाथ गर्दै, प्रबास सभा मलेसियाले आन्तरिक छलफलपनि गरेको छ ।
























