TYC क्रिकेट क्लव चौहर्वाको आयोजनामा छैठो सिजन प्रतियोगिता सम्पन्न


सिरहा । सिरहाको चौहर्वामा संचालित रहेको टि-२० क्रिकेट प्रतियोगीको उपाधि आयोजकले जितेका छन् । छैठो सिजन अन्तर्गत TYC क्रिकेट क्लव चौहर्वाको आयोजना तथा लहान LRL ल्याबोरेटरी र जसपाका जिल्ला सदस्य विजय कुमार यादवको विशेष सहयोगमा संचालित प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न आयोजक TYC चोहर्वा र MCC मिर्चैया क्रिकेट टिम बीच भएको फाइनल खेलमा आयोजकले एक विकेटले मिर्चैयालाई हराउदै उपाधि उचाल्न सफल भएका छन् ।

मिर्चैयाले टस जितेर पहिला ब्याटिंग गर्दै १९ ओभरमा अल आउट हुँदै १७८ रनको योगफल तयार पारेका थिए । यसै बीच १७९ रनको विजय लक्ष्य सहित ब्याटिंग गर्न उत्रेका आयोजक टिम १९ ओभर २ बल खेल्दै ९ विकेटको क्षतिमा १७९ रन बनाई विजय भएका हुन् । खेलको म्यान अफ द म्याच आयोजक टिमका रबिन्द्र महतो घोषित भए ।

रबिन्द्रले फाइनल खेलमा ४ विकेट लिनुका साथै १५ रन समेत बनाएका थिए । विजेता आयोजक टिमलाई लहान LRL ल्याबोरेटरी र जसपका जिल्ला सदस्य विजय कुमार यादवद्वारा नगद रु .२५ हजार, शिल्ड, मेडल र प्रमाण-पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।























