देश

महिलामाथि अश्लील क्रियाकलाप गर्ने दलित आयोग उपाध्यक्ष बैठालाई कार्बाहीको माग

जगत ठाडा मगर
२०७७ चैत्र १५ | बिहान ११:१२ बजे

महेश सिंह
सिरहा । चैत्र १५ आइतबार, प्रदेश नम्बर -२ को दलित आयोगको उपाध्यक्ष राम प्रवेश बैठाले जसपाको प्रदेश समिति सदस्य ललिता दास विद्रोहीलाई समाजिक संजालमा अश्लील शब्द प्रयोग गरेका छन ।

नारी सशक्तीकरणको आवाज चारैतिरबाट गुन्जिरहेको बेला एउटा सार्वजनिक पद धारण गरेको ब्यक्तिले महिला नेताको यसरी मनोबल कमजोर पार्नु दु:खद भएको दासका पारिवारिक श्रोतले बताए ।

पीडित दासले गरेको पत्रकार भेटघाटमा बैठाले प्रयोग गरेको अश्लील शब्दले यस्तो ब्यक्तिलाई पदमा बस्न लायक नभएको र कडा कर्बाहीको माग पीडित दासले गरेका छन । महिला माथी यस्तो क्रियाकलाप गर्ने ब्यक्ति प्रदेश जस्तो गरिमा पदमा बस्न सुहाउँदो नहुने पीडितको भनाई छ ।

एउटै पार्टीमा आवद्ध बैठा र दास बीच भएको कुराकानीले पितृसत्तात्मक समाज अझै जिवित गरेको भान हुन्छ । नारीले आखिर आफ्नो स्वाभिमानको लागी कहिले सम्म लडने ? प्रश्न उब्जाएको छ । उनले पार्टी नेतृत्व संग समेत बैठामाथि कार्बाहीको माग गरेकी छिन ।

उपाध्यक्ष बैठाको अनुसार उक्त महिला ललिता दासले दलित आयोगको कुनै गरिमामय पदको लागि दासलाई राख्न प्रस्ताव गरेकी थिईन । तर उक्त प्रस्ताव अस्वीकार गर्दा दासले आरोप लगाएको मात्र उनले भने । पिडित दासको छरा कुराले चित दुखेर आफु पनि आबेगमा आएर अश्लील शब्द प्रयोग गरेको बैठाले नेपाल पोष्ट दैनिकका पत्रकार महेश सिंह संग फोन संबादमा स्वीकार गरेका थिए ।

पीडित दासका अनुसार आफु कुनै प्रस्ताव र पद लोभमा नरहेको उनको दाबी छ । बैठले भनेको कुरा सब गलत र झुठा रहेको दासको आरोप रहेको छ । जनता समाजबादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष ओपेन्द्र यादव संग नै आफनो राजनीति पहुँच रहेकोले बैंठा संग पदको प्रस्ताव राख्ने कुरै भएन उनको भनाई छ ।

कमेन्टहरु