वडाअध्यक्षले रक्सि पियर हार्डवेयर व्यावसायिकलाई मरणसन्न हुनेगरी कुटे


भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर -५ का वडा अध्यक्ष जयन्द्र खड्काले छालिङका एक नागरिकलाई मरनासन्न हुने गरी कुटपिट गरेका छन् ।
चाँगु न/पा -५ पिखेलमा रक्सिको नशामा वडा अध्यक्ष जयन्द्र खड्का र उनी सँगै रहेका पूर्व सैनिक समेत रहेका विश्व खड्का र प्रकाश लामिछानेले स्थानीय लक्ष्मण खिचाजुलाई मरनासन्न हुने गरी कुटपिट गरेको स्थानीयले नवलपुर टुडेलाई बताएका छन् ।
३२ बर्षको खिचाजुलाई सामान्य विवादमा नै वडा अध्यक्ष र विश्व खड्काले कुटपिट गरेको स्थानीयले जानकारी दिएका छन् । वडा अध्यक्ष र विश्व खड्काले खिचाजुलाई उनैको घर अगाडी पसलमा पाकिङमा राखेको गाडी दादागिरिको शैलिमा हटाउन लगाएको र नहटाएको निहुमा मर्ने गरि कुटपिट गरेको घाइतेका दाजु राम खिचाजुले जानकारी दिए ।
केही हप्ता अगाडी पनि निज वडाअध्यक्षले स्थानीयलाई कुटपिट गरेका आरोपमा प्रहरीमा मिलापत्र गरेका उनले आज फेरी स्थानीयलाई मरनासन्न हुने गरि कुटपिट गरेको प्रहरीले जानकारी दिए ।
घाइतेको भक्तपुर अस्पतालमा उपचार भईरहेको छ । उनको टाउको मुख लगायत शरीरका विभिन्न भागमा घाउ चोटपटक लागेको छ । घाइते हार्डवेर ब्यबसाय हुन् ।























