सिरहाको बेल्हामा मदरसा नजमुल होदा अल साफियाद्धारा कन्फरेन्स सुरु


महेश सिंह
सिरहा चैत्र १४ शनिबार, मुस्लिम धर्मावलम्बीहरुको जल्सा सिरहाको कल्याणपुर नगरपालिकामा -१२ बेल्हामा सुरु भएको छ । पुर्व गाबिस अध्यक्ष तथा मदरसा ब्यवस्थापन समितिको अध्यक्ष मोहमद रजाक राईनको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे ।
पुर्व उप प्रधानमन्त्री प्रकाश मान सिंहले उक्त जल्सा कार्यक्रमको बाईनर पढेर उदघाटन गरेका थिए । प्रमुख अतिथि सिंहका अनुसार हाम्रो देश विभिन्न जातजाति र धर्म सांस्कृतिक धर्मावलम्बीहरुले सिंगारीएको देश हो ।सबै धर्म सांस्कृतिकलाई सम्बर्द्धन र संरक्षण गरी अगाडि बढनु पर्ने बताए ।

शिक्षाको मुलधारमा ल्याउन देशका बिद्यालय जस्तै मदरसा पनि विद्यार्थीलाई मुलधारमा पुर्याउने माध्यम नै हुन् भन्दै बिश्वास व्यक्त गरेका थिए । सबै धर्म सांस्कृतिकलाई संरक्षण गर्दै अगाडि बढनु पर्छ पुर्व उप प्रधानमन्त्री सिंहले बताउनु भयो ।
विशिष्ट अतिथिमा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डल उपमेयर रोहनी कुमारी यादव अतिथिहरुमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादव, स्थानीय सांसद मोहम्द मुखतार आलम, कल्याणपुर नगरपालिका वडा -६ भोक्रहाका अध्यक्ष मोतिबुल राईन, नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभापति दिनेश्वर प्रसाद गुप्ता, रेडियो नेपालका सिरहा सम्बादाता संजय बिश्वकर्मा, नेपाल पोष्ट दैनिकका पत्रकार महेश सिंह, अनुभक्त चौधरी, न्युज टिभि युट्युबका सन्तोष यादव र मोहम्मद करीम लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।























