देश

सिरहाको मिर्चैयामा प्रदेश स्तरीय दलित समुदायको अगुवा सभा सुरु

जगत ठाडा मगर
२०७७ चैत्र १३ | मध्यान्ह १२:१२ बजे

महेश सिंह
सिरहा लहान १३ चैत – दलित समुदायका अगुवाहरुको दुई दिने प्रदेश स्तरीय सभा सिरहाको मिर्चैयामा सुरु भएको छ्।भुमि नागरिकता जनजागरण बजेट र दलित सशक्तिकरण ऐन कार्यान्वयनका सवालमा दुई दिने अगुवा भेला सुरु भएको छ।

दलित सरोकार मंन्च नेपाल का अध्यक्ष भोला पासमान को अध्यक्षतामा कार्यक्रम भएको थियोे भने प्रमुख अतिथिमा प्रदेश न.२ का समाजिक बिकास मंन्त्री नवल किशोर साह ले भने अबको दिनमा कोई दलित छैन दलित भन्ने हरु भित्रै मनबाट दलित शब्द निकालेर फाल्दि हुन्छ ।

photo 2021 03 26 12 31 39

अहिलेको अबस्थामा कोई दलित छैन सब एक सम्मान हो उनले बताए थिए। दलित ब्यक्ती दलित होईन आफु लाई अगुवा सम्झिनु पर्छ उनले बताएका थिए।नेपाल दलित हरु मात्रै नागरिकता बाट बन्चित छैन समग्र मधेस र पहाडमा पनि नागरिकता बाट बन्चित रहेका छन्।

अहिले राजनीतिमा पनि प्रदेश न. २ मा सब भन्दा बढी शकृय दलित समुदायको ब्यक्तीहरु नै बढी देखि को हो।त्याग र तपसियाको अधारमा राजनीतिमा स्थान दिने गरेका छन्।जाति ले हुदैन कर्मले हुने गरेको उनले मंन्त्री साह ले बताए।

राज्यमा पहुँच हुन लाई दलित परिवारबाट बौद्धिक नेतृत्वको खाचो रहेको र दोस्रोमा शिक्षा र सरकारी सेवामा पहुँच पुगाउनु पर्ने भन्दै अनि दलित समुदायमा हरेक सेबा सुबिधाको सहजै भागिदार हुने मंन्त्री साह ले बताउनु भयो ।
अहिले प्रदेश सरकारको जन्म मात्रै भएको हो।

बिशिस्ट अतिथि कर्जन्हा नगर पालिका मेयर गंगा पासमान का अनुसार दलित नामकरण गर्ने ब्यक्ती कस्तो होला दलित मात्र होइन पेसा समेत छुटयाई दिने गरेको हो । देशमा १० बर्ष जनयुद्ध हुँदा सब भन्दा दलित समुदाय पिडामा परेको र कम्जोर देखिएको उनले बताएका छन् ।

photo 2021 03 26 12 31 46

दलित समुदायलाई राज्यले भोट् खसाल्ने मेसिनको रूपमा प्रयोग गर्ने गरेको मेयर पासमान ले जानकारी दिनु भयो ।
सम्पुर्ण दलितमा एकता न रहेको ले कष्टकर जिबन र गुजारा गर्न बाध्य रहेको हो।हामी सम्पुर्ण दलित राज्यको हक अधिकार बाट बन्चित नै रहेको उनले बताए त्यसका लागी राज्यमा पहुँच र सेवा लिन सम्पुर्ण दलितहरुको एक जुट् हुनु जरुरी रहेको छ्।एक जुट् भएर अगाडि बडनु पर्ने मेयर पासमान ले बताउनु भयो ।

कार्यक्रमको ब्यबस्थापक सुनिल पासमानले स्वागत मनतब्य राखेका थिए।दलित अगुवा श्याम सुन्दर सरदार का अनुसार दलितका मुदा कम्जोर र भ्रममा पार्ने र गरेको छ्। दलितहरुलाई तिन ठाँउमा पहुँच हुनु जरुरी रहेको बताउनु भयो।अतिथिहरुमा सेबकी देबि दास,श्याम परी दास वरिष्ठ पत्रकार बिजय मिश्र समेत रहनु भएको थियो ।

सभा अध्यक्ष पासमानका अनुसार हाम्रो देशमा प्रत्येक दस बर्ष मा जनगनना हुने गरेको छ्। सम्पुर्ण दलित हरुमा एक रुपताको भवना ल्यायो भने काम र अधिकार लिन राज्य बाट सहज हुने बताउनु भयो। उक्त कार्यक्रमको समापन प्रदेशको अर्थ मंन्त्री बिजय यादव ले गर्ने कार्यक्रम रहेको बताउनु भयो ।कार्यक्रममा प्रदेश २ का दलित अगुवाहरुको उल्लेखनीय सह भागिता रहेको थियो ।

कमेन्टहरु