रोजगार

कपिलवस्तुको महाराजगंमा १० दिने डल कुशन बनाउने तालिम सम्पन्न

नवलपुर टुडे
२०७९ माघ १७ | मध्यान्ह ०७:१० बजे

कपिलवस्तु, माघ १७ । गृहिणीहरुलाई व्यावसायिक र आत्मनिर्भर बनाउने उद्धेश्यले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नं.९ शिसवामा १० दिने आधारभूत डल तथा कुसन बनाउने तालिम सम्पन्न भएको छ ।

डायनामिक सामाजिक बिकास संस्था कपिलवस्तु नगरपालिका – १२ को आयोजना तथा महाराजगञ्ज नगरपालिका – ९ को वडा कार्यालयको आर्थिक सहयोगमा गत माघ ८ गतेदेखि आज मंगलबारसम्म तालिम सञ्चालन गरिएको थियो । तालिममा २५ जना सहभागी रहेका थिए ।

तालिम समापन समारोहमा बोल्दै महाराजगञ्ज नगरपालिका – ९ का वडा अध्यक्ष फरिद अहमद मुसलमानले गृहिणी दिदी बहिनीहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले आयोजना गरिएको तालिम अत्यन्तै प्रभावकारी रहेको विश्वास व्यक्त गरे । तालिम समापन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वडा अध्यक्ष मुसलमानले यस किसिमका कार्यक्रमले सकारात्मक सोचको अभिवृद्धि हुनुका साथै स्वावलम्वन र आत्मनिर्भर बनाउन सघाउ पुग्ने बताए ।

त्यस्तै डायनामिक सामाजिक विकास संस्थाका अध्यक्ष मोहम्मद इरफान मनसुरीले स्थानीय उत्पादनबाट स्वरोजगार बनी आय आर्जन बढाई आर्थिक रुपमा मजबुत बन्न र सहज जिवनयापनका लागि सिपमुलक तालिमले महिलाहरुमा सकारात्मक प्रभाव पार्ने बताए ।

photo 2023 01 31 19 04 22 photo 2023 01 31 19 04 23 photo 2023 01 31 19 04 25 photo 2023 01 31 19 04 26 photo 2023 01 31 19 04 27 photo 2023 01 31 19 04 29

कमेन्टहरु