बोधी श्रवण धर्म संघले चैत ८ देखि मनाईदै आएको मैत्री दिवस बिहिवार सर्लाहीमा महापुजा गरि समापन

नवलपुर टुडे
२०७७ चैत्र १२ | मध्यान्ह ०७:१२ बजे

सर्लाही । महासम्बोधी धर्म संघले चैत्र ८ देखि १६ औं मैत्री दिवस देशको विभिन्न स्थानमा भब्यरुपमा मनाइदै बिहिबार सर्लाहीको पत्थरकोटमा महापुजा गरि समापन गरेको छ ।

१६ वर्षअघि बाराको हलखोरियामा तपस्यारत बोधि श्रवण धर्म संघका भक्तजनहरूले यस पटक मैत्री दिवस भब्य रूपमा मनाउदै बिहिवार समापन गरेको छ ।

मैत्री दिवस चैत्र ८ गते चितवनमा, ९ गते ललितपुरको चुनिखेलमा, १० गते सिन्धुपाल्चोकको बाँडेगाउँमा, ११ गते झापाको बुधबारेमा महामैत्री पूजा सम्पन्न भएपछि बिहिवार सर्लाहीको पत्थरकोटमा महापूजा गरि समापन गरेको बोधी श्रवण धर्म संघले नवलपुर टुडेलाई जानकारी दिनुभएको हो ।

मैत्रीय धर्मविरुद्ध षड्यन्त्र भएको तथ्यहरू फेला पर्न थाले पछि आम मानिसमा झन गुरुप्रतिको आकर्षण बढ्दै गएको बाेधी धर्म संघले नवलपुर टुडेलाई बताउनु भयो ।























