देश

कृषि बिकास शाखा लक्ष्मीपुरद्धारा किसानलाई नि:शुल्क बिषादी वितरण

जगत ठाडा मगर
२०७७ चैत्र १२ | बिहान १०:१२ बजे

महेश सिंह
सिरहा । चैत्र १२ बिहिवार, सिरहा लहानको लक्ष्मीपुर पतारी गाउँपालिकामा नि:शुल्क तीन दिने बाली उपचार तथा परामर्श शिबिर सुरु भएको छ् । पालिका भित्र रहेको किसानहरुको उपज बढाउने उदेश्यले उक्त शिबिरको आयोजना गरेको कृषि प्रसार अधिकृत ईन्द्र नारायण चौधरीले जानकारी दिनु भयो ।

गाउँपालिका १ पिपराबाट शुरु गरेको शिबिर दोस्रो दिन महेशपुर ३ र तेस्रो दिन सितापुर प्रध ६ मा हुने भएको छ । कृषि बिकास शाखा लक्ष्मीपुर पतारीको प्राविधिक सहायक चतुर नारायण चौधरीले नवलपुर टुडेलाई जानकारी दिनु भयो । किसानहरुको बाली पहिचान गरी उक्त बिषादी वितरण गर्न लागेको हो ।

photo 2021 03 25 10 24 09

बाली प्रयोग शाला सिरहाको अधिकृत मानन चौधरीले बाली पहिचान गरी उपचार तथा परामर्श सहित ५ किसिमको बिषादी दिने गरेको सकुन्तला कुमारी साहले बताए । किसानहरुले लगाएको बालिनालीमा लाग्ने रोग मध्ये लाही, पम्येपिङ्ग र मधुवा लगायतका रोगहरु बढी नै भेटिएको बताए ।

बाली बिज्ञय चौधरीले रोग पहिचान गरी बिषादीहरुमा साईपर मेथिन, सुपर किलर, जिमिरा मलटी पलेक्स, बायो किटानासक लगायत ५ किसिमको बिषादी नि:शुल्क रुपमा किसानहरुलाई दिने गरेका छन् ।

बिगत केहि महिना अगाडि किसानहरुलाई च्याउको बिउ नि:शुल्क रूपमा गाउँपालिकाले वितरण गरेका प्राविधिक सहायक चतुर नारायण चौधरीले बताए । बाली उपचार र परामर्श लिन र बिषादी लिन किसानहरुको भिड लागेको थियो । बिषादी पाउदा किसानहरु खुशी भएका थिए ।

कमेन्टहरु