देश

बिशेष मन्त्रालय सहित जसपा सरकारमा सहभागी हुँदै

नवलपुर टुडे
२०७७ चैत्र १२ | बिहान ०६:१२ बजे

चैत १२ काठमाण्डाै।
जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री
जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
‘मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो,’ महतोले नवलपुर टुडे सग भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ ।’ भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ ।

भेटमा प्रधानमन्त्रीले जसपाका नेताहरुसँग सरकारमा आउन आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीले सरकारमा आउनुहोस्, तपाईंहरुले उठाएका माग पूरा गर्छु भन्नुभयो,’ महतोले भने, ‘ तर हामीले माग पुरा गर्नुभयो भने मात्र सरकारमा सहभागी हुने विषयमा छलफल गर्छौंं भन्यौँ ।’ स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा महत्त्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री तयार भएका छन् । महतोले भने यसबारेमा कुराकानी नै
नभएको दाबी गरे ।

कमेन्टहरु