देश

२ कराेडबाट बचाउन ओलिले पार्टी कार्यालय अग्रवालकाे घरमा सारे

नवलपुर टुडे
२०७७ चैत्र ११ | मध्यान्ह १०:१२ बजे

काठमाण्डाै। सत्तारुढ कादल नेकपा एमाले धुम्बाराहीस्थित पार्टी कार्यालय छोडेर थापाथलीमा सर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले बुधबार कार्यालय बस्ने भवनको अनुगमन समेत गरे । मारवाडी समूदायका व्यापारी सञ्जय अग्रवालको घर एमाले पार्टी कार्यालय राख्न ५ बर्षको लागि लिजमा लीएको छ । पौने चार रोपनी क्षेत्रफलमा फैलिएको सो भवन पार्किङ स्थलको समेत राम्रो प्रवन्ध रहेको छ ।

पाँच वर्षको लागि उक्त स्थान भाडामा लिनेसम्बन्धी सम्झौता भएको एमालेका एक नेताले बताएका छन । घर कस्को हो ? उद्योगी तथा ब्यापारीहरु धमाधम एमाले प्रवेश गरिरहेको चर्चा चलिरहेका बेला त्यसरी प्रवेश गर्नेमध्यका एक थिए उद्योगपति राजेशकुमार अग्रवाल । अग्रवाल अर्घाखाची सिमेन्ट र श्रीस्टीलका संचालक र महाप्रवन्धक हुन ।समाचार दैनिक लेख्छ -उनै अग्रवाल र उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं अर्घाखाची सिमेन्टका मालिक पशुपति मुरारका र उद्योग परिसंघका अध्यक्ष एवम शिवम सिमेन्टका मालिक सतिशकुमार मोरको योजनामा ब्यापारीलाई छलफल छ भनि डाकेर एमाले प्रवेशको घोषणा गरिएको थियो ।

त्यसैको पछिल्लो परिणाम अनुसार अग्रवाललाई बालुवाटारमा पार्टी प्रवेश गराइएको हो । पशुपति मुरारकाको अर्घाखाची सिमेन्टले नेपाल विद्युत प्राधिकरणले ७० करोड डेडिकेटेड बक्यौता तिर्न बाँकी छ । त्यस्तै मोरको शिवम सिमेन्टले १ अर्ब ८० करोड तिर्न बाँकी छ । विद्युत महशुल विनियमावलीले थप २५ प्रतिशत थपेर असुल गर भनेको छ । प्राधिकरण संचालक समितिले डेडिकेटेड र ट्रंक बक्यौता असुल गर्न निर्णय गरिसकेको छ भने असार मसान्तसम्म नतिरे लाइन काट्ने सूचना जारी गर्ने तयारी गरिरहेको छ ।

सोही विषयलाई विषयान्तर गर्नका लागि बक्यौता रहेका व्यापारीले पार्टी प्रवेश र पार्टी कार्यालय उपहार दिएको हुन सक्ने एमालेका माधव नेपाल पक्षीय एक नेताले नवलपुर टुडेलाई बताए ।

कमेन्टहरु