देश

सिरहाको भोक्राहामा बिवादका कारण रोकिएको राहत वितरण

जगत ठाडा मगर
२०७७ चैत्र ११ | मध्यान्ह १०:१२ बजे

महेश सिंह

सिरहा । चैत्र ११ बुधबार, सिरहाको कल्याणपुर गाउँपालिका -६ भोक्राहामा प्रदेश सरकारले कोरोनाको समयमा पठाएको राहत बिवादमा परेर केहि महिना देखि रोकिएको थियोे । वडा अध्यक्ष मोतिबुल राईनले केहि महिना अगाडि देखि बाँडन लागेको राहत विवादमा चुलीएको थियोे ।

IMG 20210324 220050 797

घरेलु तथा साना उधोग कार्यालय मार्फत करिब ११ महिना आगाडी पठाएको राहत स्थानीय राजनितिक बिबाद र खिचातानीका कारण बितरण हुन नसकेको राहत बुधबार स्थानिय राजनितिक दलका प्रतिनिधि ,वडा सदस्य समाजका बुद्धिजिबि भद्रभलादमिको रोहबरमा राहत वितरण गरेको हो । राहतको विषय लिएर बिगत १५ दिन देखि बिवाद चल्दै आएका थिए ।

IMG 20210324 220406 225

 

बिवाद सुल्झाउन विभिन्न दलका प्रतिनिधिको सर्बदलिय बैठक बसेको थियो । उक्त बैठकबाट निर्णय भई राहत वितरण गरेका सम्बन्धित वडाका अध्यक्ष राईनले बताए ।
वडाका दलित र बिपन्न परिवार पहिचान गरी ५८ घर धुरीलाई राहत दिएका छन् ।

सरकारले घरेलु तथा साना उद्योग कार्यालय मार्फत दोस्रो चरणको राहत वितरण गर्न सीधै वडा कार्यालयलाई जिम्मा दिने निर्णय गरेको थियो । महामारीबाट प्रभावित अतिविपन्न र मजदुरका लागि सरकारले गत जेठमा दोस्रो चरणको राहत कार्यक्रम घोषणा गरेको थियो ।

IMG 20210324 220047 592

प्रदेश -२ सरकारले घरेलु तथा साना उधोगको कार्यालय लहान सिरहाबाट उक्त राहत पठाएको थियोे । राहत सामग्रीमा १ बोरा १ पाकेट खाने तेल १ किलो नुन २ सय ग्राम स्वयाविन र १ पिस हात धुने साबुन लगायतका सामग्रीहरु हस्तान्तरण गरेको वडा न ६ वडा अध्यक्ष मोतिबुल राईनले बताएको छ ।

कमेन्टहरु