देश

देशमा जहानीयाहरुको बिगबिगी छ्दैछ : नेता महतो

नवलपुर टुडे
२०७७ चैत्र ११ | मध्यान्ह १२:१२ बजे

महेश सिंह

सिरहा । चैत्र ११ बुधबार, जनयुद्ध लडेका नेता राम परिक्षण महतो अहिले गाउँ मै सिमित रहेका छन् । २०६२/ २०६३ सालमा ज्यान जोखिममा राखेर बन्दुक उठाएका नेता महतो अहिले गाउँ कै राजनीतिमा सिमित रहेका छन् । देशमा जहानीयाहरुको बिगबिगी निकै नै फष्टाएको उनले बताए ।

देशमा गरिब असहाय र पीडितलाई स्वषर्ण गर्ने गरेका जमिनदारहरु स्वषर्ण र जमिनदारी पर्थालाई माओवादी केन्द्रले तत्कालीन उन्मुलन गरेका थिए । देशमा परिवर्तन ल्याउन निकै नै संघर्ष गर्नु परेको उनले बताए । कमरेड महतोका अनुसार पार्टी स्थापीत र देश संघीयतामा गई सकेपछि देश परिवर्तन तिर उन्मुख भएको नेता महतोले बताए । देशमा पुनः जमिन्दारहरुको बिगबिगी बढेको देखिन्छ ।

पार्टी स्थापित भए संगै पार्टी सरकारमा जान लाग्दा ठुला/ठुला नेताहरुले स्वार्थ र पद लिनमा लिप्त रहेको बताए ।देशमा राजनीति खौला बौला भएको हो । नेता महत्तोले सम्पुर्ण कम्युनिष्ट पार्टीका राजनीतिकर्मी साथीहरूमा आउदै गरेको होली पर्वको शुभकामना दिएका छन् ।

कमेन्टहरु