भ्रष्टाचार

घुस मागेको प्रमाण भेटिएपछि सिराहाका सिडिओको सरुवा रद्द, तानियो गृह मन्त्रालय

नवलपुर टुडे
२०७९ माघ १३ | बिहान ०७:१० बजे

काठमाडौ । घुस मागेको भेटिएपछि सिराहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीको सरुवा रद्ध गरिएको छ । गत साता गृह मन्त्रालयले ४६ जिल्लाका सिडिओको सरुवा गरेको थियो । घुस सम्बन्धि गम्भीर उजुरी रहेको खुलेपछि गृह मन्त्रालयले कवारीको सरुवा नै रद्द गरेको हो ।

कवारीलाई सिराहाबाट गोरखाको सिडिओमा सरुवा गरिएको थियो । तर, रमाना लिन नपाउँदै गृह प्रशासनले बुधबार उनको सरुवा रद्द गरिदिएको छ । उनलाई हाल काजमा गृह मन्त्रालय तानिएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार करिब ५० लाख घुसको बार्गेनिङ गरेको अडियो–भिडियोमाथि छानबिन चलिरहेको छ । हाल कार्यरत रहेकै जिल्ला सिराहामा जग्गासम्बन्धीको विषयमा बिचौलियामार्फत घुस बार्गेनिङ गरेको आरोप उनीमाथि लागेको छ । सोही कारण उनको सरुवा रद्द गरिएको गृह मन्त्रालय स्रोत बताउँछ । कवारी २३ मंसिर ०७८ मा सिराहाको सिडिओ बनेर गएका थिए ।

मधेसमा एक समय भूमिगत रूपमा सशस्त्र गतिविधि चलाएको ‘गोइत समूह’ले कब्जा गरेको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता दिन बिचौलियामार्फत बार्गेनिङ गरेको उजुरी उनीमाथि परेको हो । सशस्त्र समूहले कब्जा गरेका जग्गा फिर्ता पाउन अनुरोध गर्दै जिल्ला प्रशासन पुग्दा बिचौलियामार्फत उनले घुसको बार्गेनिङ गरेको पीडितले बताएका छन् ।

कमेन्टहरु