देश

चाैथाे विश्व नेवार दिवस बसन्तपुरमा मनाईँदै

नवलपुर टुडे
२०७७ चैत्र ११ | बिहान ११:१२ बजे

चैत ११, काठमाण्डाै।
नेवारहरुको चौथो विश्व नेवार दिवस चिल्लाथ्व चतुर्दशी सम्मेलन यहि चैत १४ गते को दिन काठमाडौंको बसन्तपुरमा आयोजना गरिने भएको छ ।

चौथो विश्व नेवार दिवस आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन यस वर्ष आयोजना गरिएको जानकारी गराएको छ । सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहने छ ।

सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने आठजना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने पनि आयोजक समितिले नवल पुर टुडे सग बताएको छ । यस्तै सम्मेलनमा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्विर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम प्रस्तुति पनि हुने छ ।

कमेन्टहरु