रोजगार

२२९ अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान

नवलपुर टुडे
२०७९ भदौ ३१ | बिहान ०७:०५ बजे

काठमाडौं, भदौ ३१ । नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेना भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले आजदेखि असोज २९ गतेसम्म अनलाइन आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ ।

नेपाली सेनाका सन्तती ११, महिला २२, आदिवासी जनजाती ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो ।

कमेन्टहरु