फुटबलर बिमल घर्तीमगरको शल्यक्रिया फागुन २५ गते कतारको दोहामा हुने


काठमाडौ । नेपाललाई महत्वपूर्ण फुटबल प्रतियोगिताहरुमा गोल गर्दै बेग्लै पहिचान बनाएका फुटबल खेलाडी बिमल घर्ती मगरको शल्य क्रिया आगामी फागुन २५ गते हुने भएको छ । उनको खुट्टाको शल्यक्रिया कतारमा हुदैंछ । शल्यक्रियाका लागि घर्तीमगर बिगत केही हप्तादेखि कतारको राजधानी दोबास्थित एक होटलमा बसिरहेका छन ।
कोभिड—१९ र अन्य विरामीको चापको कारणले उनको शल्यक्रिया केही ढिला भएको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नवलपुर टुडेलाई बताएका छन ।
अर्का नेपाली फुटबल खेलाडी बिक्रम लामाको खुट्टाको शल्यक्रिया भने केही दिन अघि दोहामा सम्पन्न भएको थियो । उनि हाल कतारको दोहामा उपचार पछि आराम गरिरहेका छन । उनिहरु दुबैको उपचारका लागि कतार फुटबल संघले सहयोग गरिरहेको छ ।
यी दुबै खेलाडीले विश्वकप फुटबलको छनौट चरण गुमाउने छन । खेलाडी लामा ३ वर्ष अघि थ्रि स्टार क्लबबाट खेल्ने क्रममा घाईते भएका थिए । उनको त्यो चोट बल्झिए पछि खेल्न असमर्थ भएका थिए । बिमल घर्ती मगर राष्ट्रिय टिमको प्रशिक्षणको बेला घाईते भएका थिए । उनको घुँडामा गम्भीर चोट लागेको थियो । यस अघि फुटबल खेलाडी नवीन महर्जन र रविन श्रेष्ठलाई उपचारका लागि फुटबल संघले कतार पठाईएको थियो ।























