देश

बिकासकाे लागि नमुना नगर चाँगु नपरपालिका बिकास हेर्न झाैखेल आउनुहोस् -” श्याम सुन्दर धिमाल” ३ नम्बर वडा अध्यक्ष

नवलपुर टुडे
२०७७ फाल्गुन ८ | मध्यान्ह १०:११ बजे

फागुन ८,भक्तपुर ।
नेपालभाषामा ‘झौ’ को अर्थ भूत र ‘खेल’ को अर्थ खेल्ने ठाउँ भन्ने बुझिन्छ । मल्लकालीन राजाको पालामा भक्तपुरमा अवस्थित तलेजु भवानीको दूत सेतो घोडा चढेर तलेजु धारा र यसको परिसर वरपर भ्रमण गर्न आउने स्थानीय बूढापाकाको भनाइ छ ।
यसरी भूत खेल्ने र बस्ने ठाउँ भएकाले नेवार जातिले झौखेल भनेका हुन् । पछि त्यही झौखेल नै प्रचलनमा आएर यस ठाउँको नाम झौखेल रहेको भन्ने भनाइ स्थानिय बृद्दहरुकाे छ ।

यही साविकको झौखेल, अहिले चाँगुनारायण नपा वडा नं. ३ बनेको छ । स्थानीय तहको निर्वाचनपश्चात् वडामा विकासको लहर देखिने गरी भएको स्थानीयले अनुभव गर्न थालेका छन् । वडाले भौतिक विकासमा उल्लेख्य सफलता र फड्को मारेको स्थानीयले अनुभूति गर्न थालेका छन् ।
‘वडामा नगरपालिका भरकै उत्कृष्ट सडक बनेका छन् । नगरपालिकाका ९ वटा वडामध्येमा यो वडामा नमूना सडक बनेका छन् ।’ स्थानिय बासिन्दाले ” नवलपुर टुडे सम्पादक ” काे जिज्ञासा मा यस्ताे प्रतिक्रिया दिए ।

IMG 20210220 222223 463

 

सडकमात्र बनेका छैनन् । सडकको दायाँबायाँ पैदल यात्रु हिँड्नका लागि फुटपाथ समेत बनेका छन् । राती ओहोरदोहोर गर्न सजिलो बनाउनका लागि सडक किनारामा सडक बत्तीको बन्दोबस्त गरिएको छ ।दुई वर्ष अघिको झौखेल र अहिलेको झौखेलमा धेरै भिन्नता देखिन थालेको स्थानीयले अनुभव गर्न थालेका छन् ।

झौखेलमा भइरहेको विकासका सन्दर्भमा स्थानीय राममणि दाहालले सामाजिक सञ्जालमार्फत् वडाध्यक्ष श्यामसुन्दर धिमाललाई विकासका अभियन्ताको संज्ञा दिँदै भनेका छन्, ‘विकासका अभियन्ता चाँगुनारायणका विकासप्रेमी वडा अध्यक्ष श्यामसुन्दर धिमाल, आभारी छौं ।
भौतिक पूूर्वाधार विकासमा झौखेल एक कदम अगाडि !’
वडाध्यक्ष धिमालले सो वडाको विकासको लागि आफू नगरपालिकाले विनियोजन गरेको बजेटमा मात्र भर नपरेको बताउँछन् ।

वडामा विकास गर्नका लागि आफू वडा कार्यालयमा मात्र नबसी बजेट दिने निकाय खोज्दै विभिन्न निकाय धाएको बताउँछन् ।
‘जनताको चाहना विकास होस् भन्ने छ, त्यो चाहनालाई मैले पदीय रुपमा पूरा गर्ने प्रयास गर्नुपर्छ, त्यसका लागि नगरपालिकाले वडालाई दिने बजेटको मात्र भर पर्दा सम्भव देखिएन, त्यही भएरम बजेट कहाँ कहाँ छ भनेर खोज्दै हिँडे, कतिसँग अनुरोध गरे, बिन्ती गरेँ, त्यसैको परिणाम बजेट पनि मिल्यो ।’ वडाध्यक्ष धिमालले भने ।
उनका अनुसार आफूले वडाध्यक्षको जिम्मेवारी सम्हाले यतामात्रै डेढ दर्जन बढी सडकको स्तरोन्नति भइसकेको छ । पहिला साँघुरो सडक अहिले फराकिला भएका छन्, पहिला ग्राभेलमात्र भएका सडक अहिले पीच भएका छन् । सडकसँगै पैदल यात्रु हिँड्ने फुटपाथ पनि बनेको छ ।

IMG 20210220 222228 147

उनका अनुसार वडाका ठूला सडकहरुमध्ये कालधारा मानदेव सडक, जागृति चोक सडक, सुन्दरथली सडक,कोटदेवी लाकिला पकुनेपाटी सडक, वडा कार्यालय ज्योर्तिलिंगेश्वर सडक, गेलाल गाउँ ज्योर्तिलिंगेश्वर सडक, न्यौपाने गाउँ गेलाल गाउँ चाँगु सडक, ग्वाछा टोल सडक, खाइजु टोल सडक, ठकुरी गाउँ सडक, छत्रपाल यापी भैरब सडक, सुन्दरथली गोजा टोल सडक कालोपत्रे भइसकेका छन् । ती सडकहरुमध्ये अहिले अधिकांश सडक कालोपत्रेको अन्तिम अवस्थामा पनिपुगेका छन् ।

सडक कालोपत्रे भएपछि गाउँको महारै फेरिएको स्थानीयले अनुभव गर्न थालेका छन् ।
वडाध्यक्ष धिमालले वडाले योजना बनाएर काम अघि बढाएको बताए । ‘हामीले निश्चित समयमा योयो काम गर्ने भन्ने योजना बनायौं, विकासलाई प्राथमिकीकरण गर्यौं, त्यही अनुसार काम गरेका हौं ।’ वडाध्यक्ष धिमालले नवलपुर टुडे सग भने ।

कमेन्टहरु