देश

आपसि कलह सुरु हुदा दाहाल-नेपाल काे एकतामा चिसाेपना सुरु- दाहालसँगको नेपालकाे एकता टुट्ने संभावना

नवलपुर टुडे
२०७७ फाल्गुन ८ | बिहान ०७:११ बजे

प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरेपछि आन्दोलनमा रहेका प्रचण्ड माधव समुहका अध्यक्ष माधवकुमार नेपालले बारम्बार सार्वजनिक कार्यक्रममै अपमान महशुष गर्नु परेको छ ”।

पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड र नेपाल दुवै अध्यक्ष भएपनि नेपालले अध्यक्षको जस्तो सम्मान पाउन सकेका छैनन् । त्यो कुरा सार्वजनिक कार्यक्रममा पटक पटक देखिएको छ ‘।

केही दिन अघि काठमाडौमै आयोजना गरिएको कार्यक्रममा त्यस्तो संकेत देखिएको थियो ।
विहिवार फेरी त्यस्तै घटना दोहोरिएको छ । माधव नेपालसमेत सहभागी कार्यक्रममा आयोजकले नै प्रचण्डलाई मात्र प्रमुख अतिथि भनेपछि माधव नेपालले अप्ठेरो महशुष गर्नुपरेको छ ‘।

प्रचण्डले नै सो कुरा सच्याएपछि अवस्था सामान्य भएको थियो । तर त्यस्तो घटना पछि नेपाल आफ्नो जहाज छुट्ने वहाना वनाउँदै प्रचण्डको भाषण नसुनी कार्यक्रमवाट निस्किएका छन् ।
बिहीबार नेकपाले सर्लाहीको हरिपुर९ १ हजारबिघामा आयोजना गरेको पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा यस्तो अपमान सहनु परेको हो ‘।
कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रचण्ड र नेपाल प्रमुख वक्ताका रुपमा निम्त्याइएका थिए’।

कार्यक्रमको सञ्चालक नेकपाका सर्लाही जिल्ला सचिव कमल बुढाथोकीले आसन ग्रहण गराउने क्रममा प्रचण्डलाई प्रमुख अतिथि र नेपाललाई विशेष अतिथि भनेर सम्बोधन गरे ‘।

दुई अध्यक्षलाई प्रमुख अतिथि भनेर प्रचार गरिएको कार्यक्रममा बुढाथोकीले प्रचण्डलाई मात्र प्रमुख अतिथि भनेर सम्बोधन गरेपछि सबै अचम्म परे ।
साे काे कारण प्रचण्डकाे मन्तब्यकाे अन्तहुनाे अगाबै कार्यक्रम बाट नेपाल बाहिरियका थिए।

कमेन्टहरु