कामचलाउ प्रधानमन्त्री ओलीले राज्यका सबै निकायलाई गुटको गोटी बनाए / नेता डम्बर खतिवडा


काठमाडौ । काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै निकायलाई गुटको गोटी बनाएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीको नियत कस्तो भन्ने छर्लङ्ग देखिदै गएको बताए ।
खतिवडाले आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत एक लेखमा उनले प्रधानमन्त्री ओलीलाई यस्तो आरोप लगाएका हुन् । अकारण प्रदेश– २ का प्रमुख हटाउँने र नयाँ नियुक्ति गर्ने ओली सरकारको निर्णयले सबैतिर पकेट मान्छे नियुक्त गर्ने र राज्य कब्जा गर्ने उद्धेश्य छर्लङ्गै देखिएको उनको तर्क छ ।
यस्ता नाजायज हर्कतहरुले झनै ओलीको प्रतिगमन कदमलाई पुष्टि गर्दै गएको खतिवडाको तर्क छ । उनले आफ्नो लेखमा व्यङ्ग्य गर्दै भनेका छन्, ओली सरकार गिरेको भोलीपल्ट सबैले एकमुष्ठ राजिनामा गर्ने त होला ?
यहि सन्दर्भमा उनको अर्को ट्वीटमा लोकतन्त्र फेरि एकपटक संकटमा परेको लेखेका छन् । फागुन ७ गतेले लोकतन्त्र, गणतन्त्र, संघवाद, समावेशिता, सामाजिक न्याय र समाजवादको पक्षमा उभिन सबैलाई प्रेरणा मिलोस भनेर गणतन्त्रको शुभकामना समेत दिएका छन ।






















