Opens in a new tab

समाचार

मोरङको जंगलमा महिलाको शव भेटियो

नवलपुर टुडे
२०७९ साउन ४ | बिहान ०८:०४ बजे

विराटनगर । मोरङको बेलबारी नगरपालिका-१० मा पर्ने सिर्जना सामुदायिक वनभित्र महिलाको शव फेला परेको छ । मंगलबार दिउँसो निगुरो टिप्न गएका महिलाले अधवैशे महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन कार्कीका अनुसार शवको पहिचान खुलेको छैन। शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

निलो–सेतो रङ्गको बुट्टे कुर्ता र रातो–कालो धर्का भएको सलवार लगाएको महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु