राजनीति

पार्टी दर्ताको लागि वामदेव गौतमले दिए निवेदन, चुनाव चिह्न गुलाबको फूल

नवलपुर टुडे
२०७९ साउन ३ | मध्यान्ह ०९:०४ बजे

काठमाडौं, साउन ३ । नेकपा एकता राष्ट्रिय अभियानले पार्टी दर्ताका लागि निवेदन दिएको छ ।

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आज निर्वाचन आयोगमा पार्टी दर्ताको निवेदन दिएका हुन् । पार्टीको चुनाव चिह्न गुलाबको फूल प्रस्ताव गरिएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार केन्द्रीय कमिटमा ७५ सदस्यीय रहे पनि उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूको हस्ताक्षर गरेर निवेदन दिइएको हो ।

कमेन्टहरु