राजनीति

नवनिर्वाचित उपसभामुख भुसालले लिइन् सपथ

नवलपुर टुडे
२०७९ साउन १ | मध्यान्ह ०५:०४ बजे

काठमाडौं । प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले सपथ लिएकी छन् ।

राष्टपतिको कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

सपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थिति थियो ।

गत शुक्रबार भएको निर्वाचनमा एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै कांग्रेसकी भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन् ।

कमेन्टहरु