देश

मंगाेल चेलि टप्काउदै सत्तामा पुगे ब्राम्हणहरु

नवलपुर टुडे
२०७७ फाल्गुन ४ | मध्यान्ह ०८:११ बजे

मंगोल चेली टप्काउदै बाहुन क्षेत्री राज्य सत्ता यसरी पुग्छन…
मंगोल हरुको चेली टपकाउदै राजनैतिक नाता गास्दै बाहुन क्षेत्री अघाडी बढ्दै …. मंगोल हरु जहाको त्यहि …..बाहुन क्षेत्री कति बाठो हुन्छन? आफ्नो स्वार्थ पूर्तिको राजनीति लाइ सघाउन आदिबासी हरुका चेलीहरु समेत बिवाह गर्न पछी हटदैनन…..
अलि हुने खाने, बुद्धि हुने मंगोल चेलीहरु बाहुन क्षेत्रीलाई देख्नै हुन्न चिलले चल्ला टप्काए जस्तो टप्काई हाल्छन् । गाउँका सोझा साझालाई अछुतको ब्यवहार गरेपनि हुनेखाने बर्गका केहि पढे लेखेका र ट्यालेन्ट भने बाहुन क्षेत्रीले टप्काइ दिइ हाल्छन् । हुने खाने र केही शिक्षित मंगोल केटा या केटी बाहुन बाहुनीले आफ्नो बनाउछन् । किनकी उनीहरुले फाइदा हेरेर मात्र यस्तो गर्ने देखिन्छ । यो कुरा बाहुन क्षेत्री नेताहरुको ब्यवहारबाट स्पष्ट हुन्छ । जति पनि बाहुन क्षेत्री नेताहरुले काठमाडौंका नेवार समुदायका चेलीहरुलाई टप्काउनुले पनि प्रष्टै हुन्छ । हिजो पृथ्वी नारायन शाहले मित लगाएर सखाप बनाएका थिए ।
अहिले नेवारनी चेलीहरुलाई टप्काइ दिएर आफ्नो अभिष्ट पूरा गरिरहेका छन् । नेवार समाजलाई सबै भन्दा बढि सताएको देखिन्छ । नेवारहरुलाई कुनै चासोको बिषय बन्दैन । आफ्नो छोरी चेली टप्काउने बाहुन नेताको जुनै पार्टीको किन नहोस स्वागत गर्न मात्रै ब्यस्त देखिन्छन् । हिजो आफ्नो राज्य खोखिएको, नाक काटिएको, नाक ताछिएको ओट काटिएको, पेट काटिएकोमा कुनै अफशोस छैन ।
खाली बाहुन क्षेत्रीलाई ठूलो बनाएर, नेता बनाइदिएर आफु चाहि राज्यबाटै बेखबर भएर थन्किएका नेवारहरुको चेत कहिले खुल्ने ? नेवारहरुलाई प्रयोग गरेर बाहुन क्षेत्रीहरु राज्य सत्ता कब्जा गरिरहने सबै भन्दा उत्तम माध्यम बनेको छ । अरु समुदाय भन्दा नेवारी समुदायका बढि छोरी चेलीहरु बाहुनले बिहे गर्नुको रहस्य भनेको राजनीति गर्नकै लागि र काठमाडौं खाल्डोकै हुने खाने नेवारनी बिहे गरे आर्थिक, भौतिक र नैतिक सहयोग पाइने हुनाले बढि नेवार छोरी चेलीहरु टप्काइ रहेको स्पष्ट छ ।

शीर्ष बाहुन नेता क्षेत्री नेताका हालका पत्निहरु भनेका सामान्य परिवारको नभई मध्यबर्गीय परिवारका हुन् । त्यसो अरु मंगोल समुदायका राम्रा राम्रा चेलीहरु टप्काई नै रहेको छ । बाहुन क्षेत्री कि धन हेरेरै अछुत बनाइएका मूलबासी मंगोलसंग बिहे गर्छ कि त केही नै केही दक्ष चेली भएकैले । तर याद राख्नुहोस कि कुनै पनि बाहुन क्षेत्रीले मंगोल चेली बिहे गर्दा गरिव, अशिक्षित, निमुखालाई गर्दैन । यहाँ समानता खोलभित्र गुम्सेको खतरनाक मंगोल समुदाय सिध्याउने माध्यम हो ।
करीव एक दर्जनजति शीर्ष बाहुन नेताहरुको श्रीमती मूलबासी मंगोल चेलीहरु रहनुले के बुझिन्छ ? त्यो पनि काठमाडौं भक्तपुर लगायतका नेवारी समुदायमा नाता गाँसेर आफ्नो राजनीति अगाडि बढाएका छन् त्यो पनि प्रमुख नेताहरुले ।
एमालेको सर्वोच्च कार्यकारी निकाय स्थायी कमिटीमा ८ जना नेता मूलबासी मंगोलका ज्वाइँ छन् । सायद अरु कुनै पनि ठूला पार्टीमा मंगोलका ज्वाइँ नेताहरुको यति ठूलो संख्या छैन । एमाले अध्यक्ष ओली, झलनाथ खनाल र पोखरेल तीनैजना नेवारका ज्वाइँ हुन् ।
अझ काठमाडौं, भक्तपुर र ललितपुरका रैथाने नेवार यी नेताका ससुराली हुन् ।
ओलीपत्नी राधिका शाक्य राष्ट्रिय वाणिज्य बैंककी कर्मचारी हुन् । खनाल पत्नी रविलक्ष्मी चित्रकार प्राध्यापक हुन् भने पोखरेल पत्नी मीरा ध्वजू एमाले सभासद तथा महिला नेतृ हुन् ।
त्यसो त एमालेका बरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम पनि मूलबासी मंगोलका ज्वाइँ हुन् ।
उनको ससुराली मगर हुन् । वामदेव पत्नी तुलसा थापामगर एमालेनिकट महिला संघलगायत पार्टी राजनीति र सामाजिक काममा क्रियाशील छिन् ।
गोकर्ण विष्ट पनि मंगोल नेवार समुदायका ज्वाइँ हुन् । उनकी पत्नी प्रतिमा श्रेष्ठ त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन गर्छिन् ।
त्यस्तै स्थायी समिति सदस्यहरु अमृत बोहोरा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे पनि मूलबासी मंगोलका ज्वाइँ हुन् ।बोहोरा पत्नी अष्टलक्ष्मी शाक्य पार्टी उपाध्यक्ष हुन् । त्यस्तै पोखरेल पत्नी सुजिता शाक्य पनि एमाले केन्द्रीय सदस्य हुन् । पाण्डे पत्नी पूर्णशोभा चित्रकार भने बारुदी सुरुङ विरुद्धको अभियान नामक गैरसरकारी संस्था चलाउँछिन् ।

ओली पत्नी राधिका र गोकर्ण पत्नी प्रतिमा बाहेक अन्य नेताका पत्नीहरु कुनै न कुनै रुपमा पार्टी काममै क्रियाशील छन् । राधिका र प्रतिमा पनि पार्टीका संगठित सदस्य हुन् । एमालेका नेता प्रदीप नेपाल पनि मूलबासी मंगोल याख्खा समुदायका ज्वाइँ हुन् । उनकी पत्नी झुमा देवान निजी स्कूल चलाउँछिन् ।

भूमिगत कालमा पार्टी कामकै सिलसिलामा बिहे भएकाले गर्दा अधिकांश नेतापत्नीहरु राजनीतिक रुपमा सचेत छन् । अनेरास्ववियुका पूर्वअध्यक्ष तथा प्रभावशाली पोलिटब्यूरो सदस्य अरुण नेपाल पनि मूलबासी मंगोलकै ज्वाइँ हुन् । उनकी पत्नी सम्झना श्रेष्ठ गैरसरकारी संस्थामा क्रियाशील छिन् ।

कमेन्टहरु