राजनीति

वामपन्थी शक्तिबीच तालमेल गरौं : माओवादी नेता श्रेष्ठ

नवलपुर टुडे
२०७९ असार ३२ | मध्यान्ह ०७:०३ बजे

काठमाडौं, असार ३२ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी शक्तिहरूबीच तालमेलको प्रस्ताव गरेका छन् ।

शनिबार काठमाडौंमा नेपाल–चीन हिमालयन मैत्री समाजले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वामपन्थी शक्तिहरूबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् ।

‘वामपन्थी शक्तिहरु दुई तिहाइमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृत्तिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, वामपन्थी शक्तिहरु एक हुनुपर्छ, वामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ ।’

उनले थपे ‘तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गरेकोमा आत्मआलोचना गर्दै म वामपन्थी शक्तिहरु बीचको तालमेलका लागि आग्रह गर्दछु ।’

कमेन्टहरु