खेलकुद

विश्वकप लिग-२ : नेपालले आज नामिबियाको सामना गर्दै

नवलपुर टुडे
२०७९ असार ३२ | बिहान ०७:०३ बजे

काठमाडौं, असार ३२ । आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज तेस्रो खेलमा नामिबियाको सामना गर्दैछ ।

नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ । यस्तै नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

कमेन्टहरु