राजनीति

मधेसका लाखौं लाख सन्तानले अब नागरिकता पाउने बाटो खुल्यो : सांसद भुसाल

नवलपुर टुडे
२०७९ असार ३१ | मध्यान्ह ०२:०३ बजे

काठमाडौं, असार ३१ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता विधेयकका कारण मधेशका लाखौं सन्तानले नागरिकता पाउने बाटो खुलेको बताएकी छिन् ।

संसदमा प्रस्तुत नागरिकता विधेयकमाथिको छलफलमा सहभागी हुदै सांसद भुसालले नागरिकता पाउन नसकेका लाखौं लाख तराई मधेशतिरका नेपाली सन्तानले नागरिकता पाउने बाटो खुला भएको बताएकी हुन् । उनले नागरिकता विधेयक पास गरेपछि छिट्टै नियमावली, कार्यविधि बनाएर नागरिकता सरल ढंगबाट प्राप्त गर्ने व्यवस्था मिलाउनका लागि सरकारको ध्यानाकर्षणसमेत गराइन् ।

सांसद भुसालले भनिन् – ‘पहाडतिर भन्दापनि तराई मधेशतिरका सन्तानले नागरिकता नपाएको गुनासो गरेको वर्षौ भइसकेको छ । अहिलेको सरकारले विधेयक संशोधन गरेर ल्याएको छ त्यसका लागि खुसी ब्यक्त गर्न चाहन्छु । गैरआवासीय नेपालीलाई एकपटकको नेपाली सधैको नेपाली भनेर नागरिकता दिने व्यवस्थाको पनि स्वागत गर्दछु ।’

कमेन्टहरु