देश

विनयजंग बस्नेत नेपालगञ्जबाट प्रहरिकाे पन्जामा पर्दै

नवलपुर टुडे
२०७७ फाल्गुन ३ | बिहान ०७:११ बजे

नेपालगञ्ज।
बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले नेपालगञ्जबाटै पक्राऊ गर्न लागेको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो ।

IMG 20210215 063142 752

बेवारिशी शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् । उनले आफूसँगै शव व्यवस्थापनमा सक्रिय सपना रोका मगरको अश्लिल तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएका थिए ।

सपना राेकामगर बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी थिइन् । त्यसपछि उनी चर्चाको शिखरमा पुगिन् । सपनाको चरित्रहत्या गर्न विनयजंग सक्रिय भएको अभियोग छ ।
विनयजंगले युट्युब भिडियोमा अन्तवार्ता दिदै सपना रोक्का मगरको अश्लिल फोटो र भिडियो आफूसँग रहेको दाबी गरेका थिए । त्यसपछि सपनाले सामाजिक सञ्जालमा आफूलाई आत्महत्या गर्न वाध्य बनाउन लागेको लेखेकी थिइन् ।

सपनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । उजुरी दर्ता गरेपछि अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेको छ ।
यस घटनाबारे विनयजंग बस्नेतसँग नवलपुर टुडे ले नेपालले जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

कमेन्टहरु