राजनीति

उपसभामुखमा एमालेले उम्मेदवारी नदिने, लोसपाकी चन्दा चौधरीलाई सघाउने

नवलपुर टुडे
२०७९ असार ३० | मध्यान्ह १२:०३ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा साना दलले उम्मेदवार दिए उसैलाई सघाउने निर्णय गरेको छ ।

यद्यपि उम्मेदवारी नपरेको खण्डमा तत्काल निर्णय गरेर आफ्नो उम्मेदवारी दिइने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । नेता नेम्वाङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा चौधरीले उपसभामुखमा उम्मेदवारी दिने भनेकाले एमालेले आफ्नो उम्मेदवारी निर्णय नगरेको हो ।

एमालेले चौधरीलाई नै सघाउने सम्भावना रहेको छ । प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराइसकेकी छन् ।

कमेन्टहरु