Opens in a new tab

धर्म–संस्कृति/रीतिथिति

राष्ट्रिय मदरसा संघ नेपालद्वारा ईद उल अजहा (बकर ईद) को शुभकामना

नवलपुर टुडे
२०७९ असार २६ | बिहान १०:०३ बजे

कृष्णनगर, अषाढ २६ । मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आइतवारका दिन मनाइदै छ ।

राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर बरेलवी र महासचिव मौलाना मसहूद खां नेपाली लगायतले मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यो पर्व हजरते इब्राहिम अलैहिस्सलामको सम्झनामा मनाइने गरिन्छ । हरेक बर्ष करिब बीस लाख मुस्लिम धर्मावलम्बीहरु विश्वका विभिन्न देशबाट हज गर्न साउदी अरब पुग्ने अनुमान रहेको साउदी सरकारले गरेको व्यवस्था प्रशंसनीय रहेको राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफीले बताउनुभयो ।

कमेन्टहरु