माओवादीको स्थायी समिति बैठक सुरु

नवलपुर टुडे
२०७९ असार २५ | बिहान ०९:०३ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ। कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीवेर अघि स्थायी समिति बैठक सुरु भएको हो।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा वसेको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी संगठन विस्तार लगायत विषयमा छलफल गर्ने बताइएको छ।
स्थानीय तहको निर्वाचनमा भएको अन्तरघात, पार्टीमा चुलिएको गुटको अन्त्य गर्नेबारे समेत छलफल हुने स्रोतले बताएको छ । पार्टी भित्रको चरम गुटवन्दीका कारण माओवादीले पदाधिकार चयन गर्न सकेको छैन। पोलिव्युरो र स्थायी समिति चयनमा पनि माओवादी भित्र तिव्र विवाद छ।






















