Opens in a new tab

राजनीति

माओवादी केन्द्रको पोलिटब्युरो, दोस्रो र तेस्रो वरीयतामा नारायणकाजी र महरा

नवलपुर टुडे
२०७९ असार २३ | मध्यान्ह ०३:०३ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरोमा रहने नेताहरुको नाम बाचन गरेका हुन्।

पोलिटब्युरोको वरीयतामा अध्यक्ष प्रचण्ड पहिलो नम्बरमा छन् । त्यसपछि दोस्रो र तेस्रोमा क्रमशः नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको नाम छ । माओवादीले गत पुसमा काठमाडौंमा आठौं महाधिवेशन सम्पन्न गरेपनि पदाधिकारी, स्थायी कमिटी तथा पोलिटब्युरो गठन गर्न सकेको थिएन । त्यसैगरी केन्द्रीय कमिटी पनि पूर्ण गर्न सकेको थिएन ।

माओवादी पोलिटब्युरोमा गिरिराजमणि पोखरेल, नारायण दाहाल, हितबहादुर तामाङ, झक्कुप्रसाद सुवेदी, सुरेश राई, शशी श्रेष्ठ, रेखा शर्मा, अञ्जना विशंखे, रामकुमार यादव, अमृता थापा, महेश्वर दाहाल, दिलिप प्रजापति, लेखनाथ न्यौपाने पनि अटाएका छन् । त्यसैगरी रामेश्वर राय, गणेश साह, देवेन्द्र पौडेल, ओनसरी घर्ती, दिपेन्द्र पुन, सत्या पहाडी, रेणु दाहाल, केशव नेपाल, युवराज दुलाल, निर्मल आचार्य, अमर तमु, माधव सापकोटा, कुमारी मोक्तान, शक्तिबहादुर बस्नेत, लिलामणि पोखरेल, रामदीप आचार्य, मातृका यादव, शालिकराम जमरकट्टेल, खिमलाल देवकोटा पनि पोलिटब्युरोमा परेका छन्।

कमेन्टहरु