राजनीति

गठबन्धन टुटे देश दुर्घटनामा जान्छ : धनराज गुरुङ

नवलपुर टुडे
२०७९ असार २१ | मध्यान्ह १२:०३ बजे

काठमाडौं, असार २१ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । गठबन्धनरूपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने भन्दै उपसभापति गुरुङले आगामी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरूपी विमानले सुरक्षित अवतरण गर्ने बताए ।

“संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरूले एक–अर्काप्रति आरोप, प्रत्यारोप गर्नुहुँदैन’ उनले भने, “जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिन सक्छ, गठबन्धनकै दलहरूले कांग्रेस इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिन सक्छ ।”

कमेन्टहरु